झापामा पोखरीमा डुबेर बालकको मृत्यु
खबर एक्सप्रेस
२०७८-०१-१० १०:२५ मा प्रकाशित
Total Shares: 541
काठमाडौं, झापा - झापामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । बुद्दशान्ति गाउँपालिका– ३ सयपत्रीमा रहेको माछा पोखरीमा डुबेर सोही स्थानका १३ बर्षीय बालक नितेश पौडेलको मृत्यु भएको हो ।
बिहीबार बेलुका साढे ५ बजे स्कुलबाट घर फर्किने क्रममा साथी सोही स्थानका १४ बर्षीय सुजन चौहान र उनी सोही स्थानमा रहेको माछा पोखरीमा पौडी खेल्न पस्दा डुबेको स्थानियले देखी सुजनलाई उद्धार गरी उपचारको लागी लिभिङ होम अस्पताल पठाईएको थियो भने नितेश डुबी बेपता भएकोमा पोखरोको पानी सुकाई खोजतालस गर्ने क्रममा बेलुका ७ बजे मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस