पार्टीभित्र समस्या छ तर आत्तिनुपर्दैन : नेता नेपाल
खबर एक्सप्रेस
२०७६-११-१५ ११:०० मा प्रकाशित
Total Shares: 288
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीभित्र समस्या रहेको तर नआत्तिन आग्रह गरेका छन् ।
बिहीबारबाट सुरु भएको वागमती प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले पार्टी विघटन हुन नदिने बताएका हुन् ।उनले भने, ‘पत्रपत्रिकामा आएको खबरले पार्टी विभाजन होला कि भन्ने भएको होला । तर के कुरामा प्रस्ट हुनुस् भने हामी पार्टी विघटन हुन दिँदैनौँ, आत्तिनुपदैन ।’
रामशाह पथस्थित एक पार्टी प्यालेसमा सुरु भएको कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताको सहभागिता रहेको छ।
फेसबुक पेज Like गर्नुहोस