कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७८-०१-०६ ०४:३३ मा प्रकाशित
Total Shares: 249
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । त्यस्तै थप १ हजार २८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २८१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८५ हजार ९०० पुगेको छ ।
पछिल्लो २४ घण्टामा २५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७५ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ९१ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस