राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज उम्मेदवारविरुद्ध दाबी विरोध र उजुरी दिन सकिने
खबर एक्सप्रेस
२०८०-०९-२४ ०९:३० मा प्रकाशित
Total Shares: 77
काठमाडौंं - राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ । हिजो मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिने छ ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुनेछ । २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस