काठमाडौं - गोंगबु मित्रनगरबाट नक्कली मह बनाउँदै गरेका २ जना पक्राउ परेका छन् । सोमबार काठमाडौँ महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले होटलमा छापा मार्दा नक्कली मह बनाइरहेका २ जना पक्राउ परेका हुन् ।

अनुगमन टोलीको नेतृत्व गरिरहेका महानगरको कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीका अनुसार होटल रेड डाइमण्डको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा नक्कली मह बनाउने सामान फेला परेको हो।

उनीहरुले मैदाबाट महको चाका बनाउने गरेको साथै अन्य केमिकल पनि मिसाएको हुनसक्ने प्रहरीको अनुमान छ । पक्राउ परेकाहरुबाट थप अनुसन्धान भइरहेको छ ।