काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाविरूद्ध खोप लगाएका छन् ।

बुधबार बिहान सिभिल अस्पताल पुगेर अध्यक्ष प्रचण्डले कोरोनाविरूद्ध खोप लगाएका हुन् । यस्तै,  अर्का अध्यक्ष माधवकुमार नेपाल, सभामुख अग्नि सापकोटा लगायतले पनि कोरोनाविरूद्ध खोप लगाएका छन् । 

सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २३ देखि प्रतिनिधि सभा बैठक आह्वान गरेपछि सभामुख, मन्त्रीहरू र सांसदलाई आज कोरोनाविरूद्ध खोप लगाइँदैछ। अन्यको हकमा बिहीबार र शुक्रबारलाई तोकिएको संसद् सचिवालयले जनाएको छ ।