पैसाको प्रलोभन देखाएर ९ वर्षीया बालिकाको बलात्कार
काठमाडौं, कपिलवस्तु - पैसाको प्रलोभन देखाएर बालिका बलात्कृतको अभियोगमा कपिलवस्तुमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश घर भई हाल शिवराज नगरपालिका ५ डिहवा बस्ने अन्दाजी ४० वर्षीय नवीन हुसेन अन्सारी रहेका छन् ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शंकरप्रसाद आचार्यका अनुसार अन्सारीले बालिकालाई २१ भदौको राति जबरजस्ती करणी गरेको उजुरी परेको थियो । पैसा दिने भन्दै प्रलोभनमा पारी जबरजस्ती करणी गरेको पीडित परिवारले जनाएको छ । अन्सारी १२ वर्षदेखि चन्द्रौटा क्षेत्रमा बस्दै आएका थिए । करणीपश्चात फरार रहेका उनलाई २२ गते पक्राउ गरिएको थियो ।
अदालतबाट म्याद थप गरी अन्सारीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस