औद्योगिक पार्कको शिलान्यास गर्न प्रधानमन्त्री ओली आज झापा जाँदै
खबर एक्सप्रेस
२०७७-११-१६ ०९:५४ मा प्रकाशित
Total Shares: 297
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै छन् ।
झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली आइतबार झापा जान लागेका हुन् । उक्त औद्योगिक क्षेत्रलाई ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ ।
यस्तै, रतुवा खोलामा बनेको पुल उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ । उनी काठमाडौंबाट हवाईजहाजमार्फत बिहान १० बजे भद्रपुर विमानस्थल पुग्ने कार्यक्रम छ। उनी आजै काठमाडौं फर्कनेछन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस