नेकपाको उपाध्यक्षमा वामदेव गौतम चयन
खबर एक्सप्रेस
२०७६-०५-०१ ११:०० मा प्रकाशित
Total Shares: 519
काठमाडौं - वामदेव गौतम सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा उपाध्यक्ष चयन भएका छन् ।
नेकपा सचिवालयको शुक्रबारको बैठकले गौतमलाई उपाध्यक्ष चयन गरेको हो । उक्त निर्णय अनुमोदनका लागि स्थायी कमिटीमा पठाइने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
स्रोतका अनुसार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच गौतमलाई उपाध्यक्षको जिम्मेवारी दिने सहमति भएको थियो ।
सोही सहमतिअनुसार बैठकमा अध्यक्ष ओलीले वामदेवलाई उपाध्यक्ष प्रस्ताव गरेका थिए । यद्यपि नेकपाको अन्तरिम पार्टी विधानमा उपाध्यक्षको व्यवस्था छैन ।
फेसबुक पेज Like गर्नुहोस