टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट
खबर एक्सप्रेस
२०८०-०८-०१ ०१:५० मा प्रकाशित
Total Shares: 59
काठमाडौं-टिकटक बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता दिनेश त्रिपाठी शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन्।
गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय अभिव्यक्ति स्वतन्त्रविरुद्ध रहेकाले खारेजीको माग गर्दै सर्वोच्चमा रिट लगिएको हो ।
अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हुने दाबी गर्दै त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गरेका छन् ।
सरकारले भने टिकटकले विकृति, विसंगति ल्याएको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

.gif)



फेसबुक पेज Like गर्नुहोस