अब नेकपा एमाले र माओवादी केन्द्र अलग-अलग भएर जाने
खबर एक्सप्रेस
२०७७-११-२४ ०८:०९ मा प्रकाशित
Total Shares: 411
काठमाडौं - अब नेकपा एमाले र माओवादी केन्द्र अलग-अलग भएर जाने भएका छन् ।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको नेकपा प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग-अलग भएर जाने निर्णय गरेको हो । अब माधवकुमार नेपाल पक्षले एमालेमै रहेर ओलीविरुद्ध संघर्ष गर्नेछ । बैठकले सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गर्ने निर्णय गरेको पनि एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
आइतबार सर्वोच्च अदालतले केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्ष रहेको नेकपा खारेज गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस