नेसपाको नेतृत्व चयनका लागि आज मतगणना
खबर एक्सप्रेस
२०८१-१०-३० १०:०८ मा प्रकाशित
Total Shares: 134
काठमाडौं-नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना आज सुरु हुँदैछ । गएराति १२ बजे मतदान सकिएको र आज विहान १० बजेदेखि मतगणना सुरु हुन लागेको हो ।
पार्टीको निर्वाचन आयोगका प्रमुख रामकुमार पुरीका अनुसार निर्वाचन कार्यालयबाटै प्रतिनिधि बोलाएर मतगणना गर्ने तयारी गरिएको छ ।
१३ सयभन्दा धेरै प्रतिनिधि भए पनि मतदान राति अबेर भएका कारण ११ सय हाराहारी मात्रै मत खसेको पुरीले बताए। पार्टीको पदाधिकारी र केन्द्रीय सदस्य गरी निर्वाचित हुने ९० पदमध्ये ७० पदमा निर्वाचन भएको हो ।
अध्यक्षमा डा.बाबुराम भट्टराई र नेत्र चापागाईं प्रतिस्पर्धामा छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस