स्वास्थ्यमन्त्री प्रदीप र राज्यमन्त्री हसिनाले लिए शपथ
खबर एक्सप्रेस
२०८१-०१-३१ ०८:४७ मा प्रकाशित
Total Shares: 86
काठमाडौं - नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ खुवाएका हुन् । त्यस्तै, जसपाकै हसिना खानले राज्यमन्त्रीको शपथ लिएकी छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले शपथ खुवाएका हुन् ।
जनता समाजवादी पार्टी, नेपालबाट मन्त्री बनेका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यावद र वन राज्यमन्त्री दीपक कार्कीले आजै राजीनामा बुझाएका थिए ।
उनीहरूले राजीनमा दिएपछि जसपा नेपालबाट विभाजित पार्टीका सांसद मन्त्री बनेका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस