काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको छ । 

सरकारी स्वामित्वको चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप डब्लुएचओको अनुमति पाउने पश्चिमा देश भन्दा बाहिरको पहिलो खोप हो ।उक्त खोप डब्ल्यूएचओबाट अनुमति पाउनु अघि नै अफ्रिका, ल्याटिन अमेरिका तथा एसियाका केही देशले प्रयोगमा ल्याइसकेका छन् । यो खोप १८ वर्षभन्दा माथिका उमेर समूहलाई बढी प्रभावकारी हुने देखिएको पनि डब्ल्यूएचओले जनाएको छ । 

यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडर्नाको खोपलाई अनुमति दिएको थियो ।