काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७७-०५-०२ ०५:०६ मा प्रकाशित
Total Shares: 330
काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १३८ जना, ललितपुरका ५० जना र भक्तपुरका १७ जनामा कोरोना संक्रमण देखिएको हो ।
सोमबार मात्र काठमाडौँ उपत्यकामा १६८ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।
नेपालमा पछिल्लो २४ घण्टामा १०१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २८ हजार २५७पुगेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस