थप २ हजार ३ सय ४९ जना कोरोना संक्रमित संक्रमणमुक्त
खबर एक्सप्रेस
२०७७-०७-२७ ०४:३३ मा प्रकाशित
Total Shares: 256
काठमाडौं – पछिल्लो २४ घण्टामा थप २ हजार ३४९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यो सँगै नेपालमा १ लाख ६४ हजार ५ सय ९२ जना संक्रमित उपचारपछि निको भएका छन्। आज १० हजार २२ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १५ लाख ८४ हजार ३ सय १७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ९ सय ७४ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३८ हजार ४ सय ६१ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस