काठमाडौं - मिलेनियम च्यालेन्ज कर्पोरेसनकी उपाध्यक्ष फतिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेकी छन्। सुमारको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग आज अर्थ मन्त्रालयमा भेटेको हो।

भेटमा सुमारले कम्प्याक्टलाई संसदबाट शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेकी थिइन् । जवाफमा अर्थमन्त्री  शर्माले नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच सन् २०१७ मा सम्पन्न मिलेनियम च्यालेन्ज कम्प्याक्टका विषयमा छलफल भैरहेको बताए । 

नेपाल भ्रमणमा रहेकी सुमारले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ऊर्जा मन्त्री पम्फा भुसाललाई भेटिसकेकी छन्।