सन्दीपविरुद्धको मुद्दामा बहस नोट पेश गर्न आदेश
खबर एक्सप्रेस
२०८०-०७-२३ ०७:१३ मा प्रकाशित
Total Shares: 157
काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले बहस नोट पेश गर्न आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले बिहीबारको पेसीमा बहस नगरी दुवै पक्षसँग बहस नोट झिकाउने आदेश गरेको हो।
सर्वोच्चले गत फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएपनि जिल्ला अदालत काठमाडौंले अहिलेसम्म फैसला सुनाउन सकेको छैन । लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ यसअघि पटकपटक स्थगित हुँदै आएको छ ।
सन्दीपविरुद्ध एक किशोरीले २०७९ भदौमा बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्। उनले आफू नाबालिग रहेको दाबी गरे पनि उनको उमेरमा विवाद छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस