वाणिज्य बैंकले माग्यो ८१४ कर्मचारी, सहायकदेखि वरिष्ठ प्रबन्धक बन्ने अवसर
खबर एक्सप्रेस
२०७८-०७-१४ ०८:४५ मा प्रकाशित
Total Shares: 423
काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकले ८१४ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।
बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि आइतबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेको हो । सूचना अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारबाट अनलाइन फाराम भर्न सक्नेछन् ।
बैंकले दुई जना वरिष्ठ प्रबन्धक मागेको छ भने ६ जना प्रबन्धक र १९ जना उपप्रबन्धकका लागि विज्ञापन आह्वान गरेको छ । वाणिज्य बैंकले सहायक प्रबन्धक (प्रशासन, कानुन, सूचना प्रविधि, नगद), वरिष्ठ सहायक र सहायक पदमा ठूलो संख्यामा कर्मचारी मागेको हो ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले ५ मंसिरभित्र दरखास्त दिइसक्नुपर्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस