सप्तरीमा प्रहरी र स्थानीयबीच झडप,३ राउण्ड हवाइ फायर
खबर एक्सप्रेस
२०७९-०५-०७ ०५:५३ मा प्रकाशित
Total Shares: 184
काठमाडौं ,सप्तरी - सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा मंगलबार अपरान्ह स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरीले ३ राउन्ड हवाइ फायर भएको छ।
तस्करी गरेर ल्याइएको समान बरामद गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हुँदा स्थितिलाई नियन्त्रणमा लिन हवाइ फायर गरेको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्। उनका अनुसार कुनै अप्रिय घटना हुन नदिन प्रहरीले ३ राउण्ड हवाइ फायर गरेको हो ।
घर खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पुर्याएपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै जाँदा प्रहरी र स्थानीयबीच दोहोरो झडप भएको थियोे ।
झडपमा परेर केही प्रहरी र स्थानीय घाइते भएका प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस