काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विचार बिनाका पार्टीहरुको लहर चलेको बताएका छन् । 

बिहीवार मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उनले राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भएपनि अहिले विचार नचाहिने पार्टीहरुको लहर चलेको बताएका हुन।

उहाँले विचार बिनाको विचार बोकेर आयौँ भन्ने पार्टीहरुको लहर चलेको बताउनु भयो । उनले राजनीतिक दल र नेताहरुले गरेको योगदानको चर्चा र स्मरण गर्न नसकिएको बताउनु भयो । उहाँले आफ्ना अभिभावकको योगदानको कदर गर्ने परिपाटीको अन्त्य हुँदै गएको बताए ।

अध्यक्ष ओलीले मौलिकता बिनाको आन्दोलनहरु सफल हुन नसक्ने बताए ।