१० दिनभित्र ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँछौँ : शशांक कोइराला
खबर एक्सप्रेस
२०७७-१२-०५ ०४:४३ मा प्रकाशित
Total Shares: 323
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हप्तादेखि १० दिनभित्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने बताएका छन् ।
कांग्रेस नेता अशोक कोइरालाको निधनपछि अन्तिम बिदाइमा सहभागी हुन आज विराटनगर पुगेका कोइरालाले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने, ‘अबको हप्ता/१० दिनमै ओली सरकारको विकल्पका लागि संसद्मा अविश्वास प्रस्ताव दर्ता हुन्छ, कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर अविश्वास प्रस्तावमार्फत प्रधानमन्त्रीको विकल्प दिन्छन् ।’
कांग्रेस नेतृत्वमा गठित सरकारले मंसिरमा संघीय संसद्को निर्वाचन गराउनु पर्ने उनको भनाई छ ।
फेसबुक पेज Like गर्नुहोस