काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाभाइरको तेस्रो लहरको पूर्वतयारीमा लाग्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् । 

आइतबार स्वास्थ्य मन्त्रालयका सचिव, विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुखलगायतलाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले सीमा नाकाहरूमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, वेड र आईसीयूको प्रवन्धका लागि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

त्यस्तै, प्रधानमन्त्री देउवाले कोरोनाको खोप खरिदलाई चुस्त रूपमा अघि बढाउन र खोप केन्द्रहरू बढाएर सहजरूपमा खोप लगाउने व्यवस्था मिलाउन पनि उनले निर्देशन गरेका छन् ।