च्याम्पियन्स लिग: लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा
खबर एक्सप्रेस
२०७७-०८-१७ ०८:३४ मा प्रकाशित
Total Shares: 272
काठमाडौं, एजेन्सी - इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
गएराति समूह डीको खेलमा लिभरपुलले डच क्लब अजाक्सलाई १–० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो ।
खेलको ५८ औं मिनेटमा कुर्टिस जोन्सले लिभरपुलका लागि निर्णायक गोल गरे । निको विलियमको पासलाई सदुपयोग गर्दै जोन्सले गोल गरेका थिए ।
समूह डीमा शीर्ष स्थानको लिभरपुलको १२ अंक रहेको छ । दोस्रो स्थानको एटलान्टाको ८ अंक र तेस्रो स्थानको अजाक्सको ७ अंक छ । मिडजिलेन्ड १ अंक सहित तालिकाको पुछारमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस