काठमाडौं - इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा चेन्नाई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४५ रन बनाएको थियो। बैंगलोरका लागि कप्तान विराट कोहलीले ५०, एबी डी भिलियर्सले ३९, देवदत्त पाटिकल २२ र आरोन फिन्चले १५ रन जोडेका थिए। बलिङतर्फ चेन्नईका साम करनले तीन, दीपक चाहरले दुई र मिचेल सान्टनरले एक विकेट लिएका थिए।

१ सय ४६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १८ ओभर चार बलमा लक्ष्य पूरा गरेको हो। चेन्नईका रुतुराज गइक्वाडले ६५, अम्बाती रायडुले ३९, फाप डु प्लेसिसले २५ र महेन्द्रसिंह धोनीले १९ रन बनाए।

बैंगलोरका युवेन्द्र चाहल र क्रिस मोरिसले एक–एक विकेट लिएपनि त्यो जितका लागि पर्याप्त हुन सकेनन्।