त्रिकोणात्मक टी-ट्वान्टी सिरिजः आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दै
काठमाडौं - त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ । उद्घाटन खेल नेपाली समय अनुसार दिउँसो १ः१५ मा टियु क्रिकेट मैदानमा हुने छ ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । तर, चोटका कारण नेपाली टिममा पूर्व कप्तान पारस खड्का भने हुने छैनन् । यस्तै, पिटर सीलार नेतृत्वको बलियो टोली नेदरल्यान्ड्स पनि उत्कृष्ट प्रदर्शनका साथ जित निकाल्ने सोचमा छ ।
नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म ८ टि२० आई खेल भएको छ । जसमा ६ टीऔट्वान्टी अन्तराष्ट्रिय रहेको छ भने २ टी–ट्वान्टी खेल रहेको छ । ६ टी-ट्वान्टीमा नेपाल २ खेलमा विजयी हुँदा ५ खेलमा पराजित भएको थियो । एक खेल वर्षाको कारण नतिजा विहिन छ । पछिल्लोपटक २०१९ मा भएको खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ४ विकेटले हराएको थियो ।
दोस्रो खेलमा नेपालले मलेसियासँग वैशाख ६ मा खेल्ने छ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिम उपाधिका लागि बैशाख ११ गते भिड्नेछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस