हिमपातसहित हल्का वर्षाको सम्भावना, यस्तो छ आगामी तीन दिनको मौसम
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव साथै दक्षिणपूर्वी अरवियन सागरबाट प्रशस्त मात्रमा जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ।
हाल प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकि भू-भागहरुमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।
हेर्नुहोस्, आगामी तीन दिनको मौसम
मंसिर २६ गते (शुक्रबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।
राती : देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भू-भागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ ।
मंसिर २७ गते (शनिबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का/बर्षा हिमपात र प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।
राती : प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहनेछ। हिमाली भू-भागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ।
मंसिर २८ गते (आईतबार)
दिउँसो : प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ।
राती : प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।
देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराईका अधिकांश भु-भागहरुमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस