काठमाडौं - ललितपुरको पाटन अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । भदौ २ गते अस्पताल भर्ना भएकी दोलखाकी ३० वर्षिया महिलाको शुक्रबार मृत्यु भएको हो ।

यस्तै, सर्लाहीको मंगलवा निवासी ४६ वर्षिया पुरुषको पनि शुक्रबार उपचारको क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र, ललितपुरले जनाएको छ । ती पुरुष साउन ३१ गते अस्पताल भर्ना भएका थिए ।