आजबाट १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप दिइने
खबर एक्सप्रेस
२०७८-०८-०५ १०:१८ मा प्रकाशित
Total Shares: 472
काठमाडौं - काठमाडौं र ललितपुरमा आजबाट १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइने भएको छ ।
काठमाडौं र ललितपुर जिल्लाका स्वास्थ्य कार्यालयका अनुसार यो खोप यसअघि १२ वर्ष माथिका दीर्घ रोगीलाई मात्रै दिइँदै आएपनि आजबाट भने बालबालिकालाई दिन लागिएको हो । आइतबारदेखि मंगलबारसम्म चल्ने यस खाेप अभियानमा १२ देखि १७ वर्षसम्मका उमेर समूहका सबैलाई खोप लगाइने बताइएकाे छ।
काठमाडौंमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने छ। त्यस्तै, ललितपुरमा भने पाटन अस्पताललाई खोप केन्द्र तोकिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस