वीरगन्जमा कोरोनाबाट एक महिलाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०४-२६ १०:४३ मा प्रकाशित
Total Shares: 455
काठमाडौं - वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका १५ भेडियाहि बस्ने ४५ वर्षिया महिलाको मृत्यु भएको हो ।
कोरोना अस्पताल गण्डकमा मृत्युपछि गरिएको कोरोना परिक्षणमा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले बताएको छ । ती महिलालाई उपचारको लागि शुक्रबार राति अस्पताल ल्याइएको थियो ।
श्वासप्रश्वासको समस्या देखिएपछि महिलालाई भेन्टिलेटरमा उपचार गर्ने क्रममा मृत्यु भएको थियो । आइतबार साँझ आएको रिपोर्टमा संक्रमण देखिएको हो ।
योसँगै वीरगन्जमा साउन महिनामा मात्र कोरोनाबाट १८ जनाको मृत्यु भएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस