काठमाडौं - सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

माघ १३ गते दिउँसो २ बजे बस्ने गरी कांग्रेसले बैठक आह्वान गरेको हो 

बैठक आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बस्नेछ ।

बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसदमा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल हुने बताइएको छ।

संसद बैठक १८ माघमा बस्ने गरी बोलाइएको छ ।