काठमाडौं - चीनमा स्वास्थ्य उपचार गराएर नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन शुक्रबार स्वदेश फर्कने भएका छन्।

नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भएपछि पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीसहित असार १ गते शुक्रबार बिहान ११ बजे नेपाल आउने भएका हुन्।

पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुन जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन गएका थिए ।

उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको हो ।