काठमाडौं, एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ ।

गएराति भएको खेलमा लिभरपुल ब्राइटनसँग १-० गोल अन्तरले पराजित भएको हो । साविक विजेता समेत रहेको लिभरपुल घरेलु मैदानमै पराजित भएको हो ।

लिभरपुलविरुद्ध ब्राइटनलाई जित दिलाउन स्टेभेन अल्जाटेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा स्टेभेनले निर्णायक गोल गरेका थिए ।

लिभरपुलले २२ खेलमा ४० अंक जोडेको छ । लिभरपुल चौंथो स्थानमा रहेको छ । ब्राइटन २४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।