कोरोना परिक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन
खबर एक्सप्रेस
२०७७-०४-२३ ०३:४२ मा प्रकाशित
Total Shares: 283
काठमाडौं - कोरोना भाइरसको परिक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ ।
साउन १४ गते बालुवाटारमा भेट भएका प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार प्रधानमन्त्री ओलीको स्वाब संकलन गरिएको हो ।
साथै, उनको नियमित सम्पर्कमा आईरहने व्यक्तिसहित सल्लाहकारहरुको पनि स्वाब संकलन गरेर परिक्षणका लागि पठाइएको बालुवाटार स्रोतले बताएको छ ।
फेसबुक पेज Like गर्नुहोस