थप तीन हजार ३०९ जनामा कोरोना पुष्टि
खबर एक्सप्रेस
२०७७-०७-१९ ०४:५० मा प्रकाशित
Total Shares: 345
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३ हजार ३०९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ४४ हजार ९७८ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको मन्त्रालयले जनाएको छ। हालसम्म १४ लाख ९४ हजार १२२ जनाको पिसिआर परीक्षण भएको छ।
फेसबुक पेज Like गर्नुहोस