मौसम : देशभरको मौसम सफा रहने
खबर एक्सप्रेस
२०७७-०८-१५ ०८:१६ मा प्रकाशित
Total Shares: 2511
काठमाडौं - आज काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा रहेको मौसमविद्ले बताएका छन् ।
आज पनि हिजो जस्तै देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताए । उनका अनुसार आज काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।
अधिकतम तापक्रम भने २० देखि २२ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ । यस्तै भोलि बेलुकादेखि भने देशका केही ठाउँको मौसम बद्ली हुन सक्ने पूर्वानुमान गरिएको छ ।
स्थानीय वायुको प्रभावका कारण भोलि बेलुकादेखि मौसम बद्ली हुने तर पानी भने नपर्ने मौसमविद् मानन्धरले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस