बेन्जिमा चम्किँदा रियल शिर्षस्थानमा
काठमाडौं, एजेन्सी - करिम बेन्जिमा चम्किँदा रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष क्लबमा उक्लिएको छ ।
मंंगलबार राति भएको खेलमा रियलले एथ्लेटिको बिल्बाओलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । एथ्लेटिकोका राहुल गर्सिया सुरुवातमै रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टोली एथ्लेटिको १० खेलाडीमा सिमिति बनेको थियो ।
त्यसपछि टोनी क्रुसको गोलमा रियलले पहिलो हाफमा १–० ले अग्रता लिएको थियो । भिनिसियस जुनियरको पासमा क्रुसले पहिलो हाफमा रियललाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भए लगत्तै एन्डर कापाले ५२ औं मिनेटमा पाहुना टोली एथ्लेटिकोलाई बराबरीमा ल्याए ।
त्यसपछि करिम बेन्जिमाले लगातार दुई गोल गर्दै रियललाई शीर्ष क्लबमा उकाल्न सफल भए । ७४ औं मिनेटमा ड्यानी कार्भाजलको पासमा रियलका लागि दोस्रो गोल गरेका उनले ईन्जुरी समयमा ब्यक्तिगत दोस्रो गोल पुरा गरे ।
लुका मोड्रिचको पासलाई सदुपयोग गर्दै बेन्जिमाले रियललाई ३–१ को जित दिलाएका हुन् । जितसंगै रियलले शीर्ष क्लब रियल सोसिडाड र एट्लेटिको मड्रिडसंग अंक बराबरी गरेको छ । शीर्ष स्थानमा रहका तीनै क्लबको समान २६ अंक छ । गोल अन्तरले मात्र रियल तेस्रो स्थानमा देखिएको छ । बिल्बाओ क्लब १४ अंक सहित तालिकाको १३ औंं स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस