काठमाडौं - राष्ट्रपति कार्यालय शीतल निवासले  कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण कोषमा ९ करोड रुपैयाँ जम्मा गरेको छ। 

शुक्रबार राष्ट्रपति कार्यालयले कोरोना रोकथाम तथा नियन्त्रणका निम्ति सरकारले खडा गरेको संघीय संचित कोषमा ९ करोड ५० लाख  जम्मा गरेको छ।  

राष्ट्रपति कार्यालले आर्थिक वर्ष ०७६/७७ का लागि विभिन्न शीर्षक अन्तरगत विनियोजित बजेटबाट ९ करोड ५० लाख  रकम संचित कोषमा जम्मा गरेको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत् जानकारी दिएका हुन्।