सभामुख र आयोगविरुद्ध एमाले सर्वोच्चमा
काठमाडौं - नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन दर्ता गरेको छ । बुधबार सर्वोच्च पुगेर रिट दर्ता गरेको अधिवक्ता बाबुराम दाहालले जानकारी दिए ।
पहिलो रिटमा पार्टीले १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाए पनि सभामुखले कारबाही नहुने भनी गरेको निर्णय कानून विपरीत रहेको भन्दै सभामुखको सो निर्णय बदर गर्न एमालेले माग गरेको छ ।
यस्तै, निर्वाचन आयोगले प्रक्रिया मिचेर पार्टीले कारबाही गरिसकेका १४ सांसदको समेत सनाखत गरी नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेको भन्दै त्यसलाई बदर गर्न माग गरिएकाे छ ।
र, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले एमालेले कारबाही गरेको लुम्बिनीका सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले रिट हालेको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस