सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, तीन जनाकाे पहिचान
काठमाडौं, दाङ - सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
शनिवार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो । बस सडकभन्दा करिब २०० मिटर तल खसेको छ । बसमा करिब ४० जना यात्रु रहेको अनुमान गरिएको छ । घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो ।
प्रहरीले घटनास्थलमा पुगेर घाइतेको उद्धार गरिरहेको छ । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने प्रहरीको भनाइ छ । दुर्घटनामा परी घाइते भएकाको जिल्ला अस्पताल सल्यान, श्रीनगर सल्यान तथा दाङको तुलसीपुर अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यान जनाएकाे छ ।
मृतककाे विवरण
१)सल्यान जिल्ला छत्रेश्चरी गाउँपालिमा-२ बस्ने २९ बर्षका तिलक ओली
२) दाङ जिल्ला घोराही उपमहानगरकाे नारायनपुर बस्ने ६५ बर्षकी ईन्द्रा अधिकारी
३) दाङ जिल्ला बबई गाउँपालिका-६ पन्चकुले बस्ने ७० बर्षकी कलावती बुढाथोकी
मृतक भएका १२ जना मध्य १० महिला २ पुरुष रहेका छन् । तीन जनाको परिचय खुले पनि अन्य नाै जनाकाे भने परिचय खुल्न बाँकी रहेकाे छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस