काठमाडौं - अमेरिकामा कोरोना महामारीको केन्द्र बनेको न्यूयोर्कका औषधी पसलहरुमा कोरोना परीक्षणको अनुमति दिइएको छ ।

राज्यका गर्भनर एन्ड्रयू कुओमोले राज्यका करिब ५ हजार औषधी पसलमा कोरोना परीक्षण हुने बताए । दैनिक ४० हजार परीक्षण गर्ने लक्ष्य लिइएको छ ।

गर्भनर कुओमाले संक्रमणको कुनै लक्षण नदेखिएका प्रहरी, दमकलकर्मी,बस चालक, पसलमा काम गर्नेलगायत अत्यावश्यक सेवामा खटिने सबैको कोरोना परीक्षण गर्न निर्देशन दिइएको बताए ।

अस्पतालहरुमा विरामी भर्ना हुनेको संख्या घट्दै जांदा कोरोना संकट कमजोर हुन शुरु भएको संकेत मिलेको उनको भनाई थियो ।

शनिवार मात्र न्यूयोर्कका चार अस्पतालमा एण्टीवडी स्क्रीनिङ शुरु गरिएको छ । अमेरिकामा कोरोनाबाट मृत्यु हुने मध्ये एक तिहाई न्यूयोर्कका छन् ।