नेयमार चम्किँदा पीएसजी विजयी
काठमाडौं, एजेन्सी - च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इंग्लिस क्लब म्यान्चेष्टर युनाईटेडलाई हराएको छ ।
गराति समूह एचको खेलमा पीएसजीले घरेलु टोली म्यान्चेष्टर युनाईटेडलाई ३–१ गोल अन्तरले हराएको हो । पीएसजीको जित ब्राजिली स्टार नेयमारले दुई गोल गरे । मार्कुन्होसले एक गोल गरे । युनाईटेडका लागि मार्कुस रासफोर्डले एक गोल फर्काए ।
खेलको छैटौ मिनेटमा नेयमारले पीएसजीलाई अग्रता दिलाएका थिए । तर, ३२ औं मिनेटमा रासफोर्डले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए ।
मार्कुन्होसले ६९ औं मिनेटमा पीएसजीलाई २–१ ले अघि बढाए । दोस्रो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै युनाईटेडविरुद्ध सहज जित निकाल्न सफल भए ।
समूह एचमा युनाईटेड, पीएसजी र आरबी आईपेजिगको समान ९ अंक भएको छ । अघिल्लो चरण पुग्न तीन वटै टोलीलाई जित निकाल्न आवश्यक छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस