इयु र इन्डोनेशियाबीच स्वतन्त्र व्यापार गर्ने सहमति
एजेन्सी - युरोपेली सङ्घ (इयु) र इन्डोनेशियोले स्वतन्त्र व्यापार सम्झौतामा राजनीतिक सहमति भएको घोषणा गरेका छन् ।
अमेरिकाले उच्च भन्सार शुल्क लगाउने धम्की दिएपछि युरोपेली सङ्घले विश्वका महत्त्वपूर्ण साझेदारसँग सम्बन्ध बलियो बनाउन थप प्रयास थालेको हो ।
ईयू प्रमुख उर्सुला फोन डर लायनले आफूहरु अहिले चुनौतीपूर्ण एवम् आर्थिक अनिश्चितता र राजनीतिक अस्थिरताको चरणमा रहेको बताए ।
यो समयमा साझेदारहरूले अझ नजिक भएर काम गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले महत्वाकांक्षी स्वतन्त्र व्यापार सम्झौतामा राजनीतिक सहमति हासिल गरेको बताए ।
युरोपेली सङ्घका २७ देश र दक्षिण एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेशियाबीच सन् २०१६ देखि व्यापार र लगानी बढाउन सम्झौता गर्न वार्ता हुँदै आएको थियो ।
फेसबुक पेज Like गर्नुहोस