काठमाडौैं,एजेन्सी - युक्रेनमा रुसको आक्रमणपछि भएको दुरुपयोगको छानबिन गर्न शुक्रबार संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्मा भएको भारी मतले राष्ट्रपति भ्लादिमिर पुटिनलाई 'सारा संसार रुसको विरुद्धमा छ' भन्ने देखाएको कीभका राजदूतले बताएका छन् ।

युक्रेनी राजदूत येभेनिया फिलिपेन्कोले मतदानपछि पत्रकारहरूलाई भने, 'पुटिनलाई सन्देश स्पष्ट छस् तपाईं विश्वव्यापी स्तरमा एक्लो हुनुहुन्छ र सम्पूर्ण विश्व तपाईंको विरुद्धमा छ।'