काठमाडौं - बलिउडका चर्चित गायक सोनु निगम मोडल बनेका छन् । निगमले फेशन डिजाइनर विक्की इदनानीको लागि मोडलिङ गरेका हुन् ।

विक्कीले आफ्नो साथी तथा स्टाइलिस्ट अविनाश बामनियसँग मिलेर फेसनको एक कलेक्सन लन्च गरेका छन् । जसको कलेक्सनमा गायक निगमलाई ब्राण्ड एम्बेसडर बनाइएको छ ।

‘सोनु निगम निकै राम्रो देखिने प्रतिस्ठित ब्यक्ति हुन् । उनी राम्रो मोडल पनि हुन्’ सोनु फेसनसँग जोडिएको बिषयमा विक्कीले भने ‘म प्रतिभासाली कलाकार तथा गायक सोनु प्रति आभारी छु । जसले हाम्रो छोटो कलेक्सनलाई ठुलो महत्व दिए ।’

विक्कीले निगमलाई रचनात्मक ब्यक्तित्वको रुपमा चर्चा गर्दै उनले गरेको नयाँ कामको परिणाम पनि हेर्न लाएका भएको समेत बताए । उनले आफ्नो अहिलेसम्मको सर्वश्रेष्ठ शुट मध्यको एक निगमको पनि भएको बताए ।

विक्कीले अहिलेको कलेक्सन आफ्नो परिवारको छोरीमा समर्पित गरेको बताएका छन् । ‘विक्कीको जीवनको प्रेम उनको बहिनी वीनु दी हुन् । जो उनको पहिलो शिक्षिका थिइन्’ गायक निगमले भने ‘विक्कीको यो पहिलो कलेक्सन हो ।’ कलेक्सनका तस्बिर विक्की इदनानी इस्टाग्राम पेजमा समेत उपलब्ध हुने निगमले खुलाएका छन् ।