काठमाडौं,एजेन्सी - छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै दैनिक उच्च संख्यामा संक्रमित थपिँदै आएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा थप ९२ हजार ९९८ संक्रमित थपिएका छन् भने उक्त अवधिमा यसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५१४ रहेको छ ।

हालसम्म संक्रमितको संख्या १ करोड २४ लाख ८४ हजार १२७ रहेको छ भने मृतकको संख्या १ लाख ६४ हजार ६५५ रहेको छ । यस्तै १ करोड १६ लाख २७ हजार १२२ संक्रमित निको भएका छन् । सक्रिय संक्रमितको संख्या ६ लाख ९२ हजार ३५० रहेको छ ।