दिनहुँ उकालो लाग्दै सुनको भाउ
खबर एक्सप्रेस
२०७८-०१-२७ १२:०६ मा प्रकाशित
Total Shares: 491
काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोबार भैरहेको हो । तेजावी सुनको मूल्य तोलाको ९१ हजार ५ सय रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस