एकीकृत समाजवादीले टुंगो लगायो २ उम्मेदवारको नाम
खबर एक्सप्रेस
२०८०-०९-२३ १०:५९ मा प्रकाशित
Total Shares: 90
काठमाडौं - नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा निर्वाचनका लागि आफ्नो भागमा परेको दुई जना उम्मेदवारहरूको टुंगो लगाएको छ।
एकीकृत समाजवादीले बागमती प्रदेशमा दलित कोटाबाट दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णाली प्रदेशबाट महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।
पार्टीले दुई जना उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधव नेपालसहित उपाध्यक्ष पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको थियो। आगामी माघ ११ हुने १९ सिटका लागि हुने राष्ट्रियसभा निर्वाचनको आज उम्मेदवारी दर्ता हुँदैछ।
फेसबुक पेज Like गर्नुहोस