आईसीयूमै नियमित व्यायाम गर्छन् प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै गएको छ ।
त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार हुँदै गएको प्रत्यारोपणमा संलग्न चिकित्सकले बताएका छन् ।
प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणका नतिजा सामान्य र सुधारोन्मुख रहेकमो अस्पतालका कार्यकारी निर्देशक प्रा।डा। प्रेम कृष्ण खड्गाले जानकारी दिए ।
प्रधानमन्त्रीको भाइटल तथा ल्याब सूचक राम्रो अवस्थामा रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीले खाना समेत खान थालिसकेका छन् ।उनले आईसीयूमै नियमित व्यायाम गर्दै आएका छन् ।
यही अवस्था रही रहे र स्वास्थ्यमा कुनै उतारचढाव नआए प्रधानमन्त्री ओलीलार्य शुक्रवार साँझसम्म डिस्चार्ज गर्न सकिने अस्पताल स्रोतले जनाएको छ ।
राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस