काठमाडौं- राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान  सकिएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदानमा शतप्रतिशत मतदान भएको सहायक निर्वाचन अधिकृत उज्वल रावलले जानकारी दिए ।

७९ वटा पालिकाका १५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ४० जनाले मतदान गरेका छन् । अबको केहि समयपछि मतगणना सुरु हुने रावलले बताए ।